Tuesday 18 August 2026 / मंगलवार, २ भाद्र २०८३

रौतहट, २७ माघ । नेकपा एमाले रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो। अध्यक्ष पदमा अखिलेश्वर चौधरी, सचिवानन्द शाह, अमर आले र बैजनाथ सहनीको उम्मेदवारी परेको हो।

उपाध्यक्ष पदका लागि रुपेश कुमार पटेल, सुरेश कुमार राय यादव, मणिलाल सहनीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै नेकपा एमालेको जिल्ला सचिव पदमा बाबुराम दाहाल, शिवप्रसाद आचार्य र रबि मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत बालबिक्रम कार्कीले जानकारी दिए।

अझै केहीबेर सहमतिको प्रयास गर्ने र सहमति हुन नसकेमा भोलि बिहानबाट निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्ने कार्कीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय