Saturday 11 July 2026 / आईतवार, २८ असार २०८३

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन भएका छन् । सोमबार जनकपुरमा सम्पन्न महाधिवेशनबाट राउत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस्तै पार्टीको उपाध्यक्षमा अब्दुल खान, बसन्त कुश्वाह र दीप साह चयन भएका छन् भने महासचिवमा चन्दक सिंह चयन भएका छन् ।

महाधिवेशनबाट २३ सदस्यीय कार्यसमिति सदस्य निर्वाचित हुनुका साथै ८ जना महिला निर्वाचित भएका छन् । यसैबीच आफूहरुले फ्रि मधेसको एजेण्डा छाडिसकेको भन्दै पार्टीलाई बदनाम गर्न खोज्ने केही पक्षले भ्रम फैलाएको हुन सक्ने भन्दै भ्रममा नपर्न आग्रह गरे । पार्टीको महाधिवेशन शनिबारदेखि सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय