काठमाडौं, काठमाडौंको वसन्तपुर होली खेल्नेको भन्दा फोटोग्राफरको भिड देख्न सकिन्छ ।
सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।
विभिन्न देश तथा स्वदेशका फोटोग्राफर तथा फोटोपत्रकारहरु रंग लगायको फोटोकैद गर्न व्यक्त देखिन्छन । विश्वभरवाट नेपाल होलीमा आएका पर्यटकहरु पनि मोवाइल तथा डियसएलआर क्यामराले फोटो खिच्दै रमाइरहेको देख्न सकिन्छ ।
काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् । पर्यटकका पथप्रदर्शक राजन मिश्रले होली खेल्न पर्यटक उत्साहित हुने गरेका बताउनुहुन्छ ।
“हरेक वर्ष विदेशीलाई होली खेलाउन वसन्तपुर जाने गरेको छु”, उहाँ भन्नुहुन्छ, “यो पर्व मन नपराउने कमै छन् ।”
यस वर्षको होलीमा काठमाडौंमा विधिन्न देशका व्यवसायी फोटोग्राफरहरु ठुला ठुला क्यामराहरु वोकेर फोटो खिच्न व्यक्त रहेको हेर्न सक्नु हुनेछ । कोही सेल्फी त कोही विदेशीहरु अविर दल्नमा नै व्यक्त देखिन्थे । हेरौ फोटोहरु ।

तस्बिर ः प्रदीपराज वन्त÷फोटोपत्रकार







































