काठमाण्डौ । मोडल कृष्टिना अधिकारी अभिनित जय जय माया बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक गायिका नेत्र भण्डारी र शान्ति श्री परियारको सुमुधुर आवाजमा सजिएको गीतसहितको म्युजिक भिडियो रिजन नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
नन्दु परियारको संगीत रहेको यस गीत विक्रम विश्वकर्माको शब्द लेखनमा दर्शकमाझ आएको हो । मौसम हिमालीको निर्देशन कोरियोग्राफि,नवराज उप्रेतीको छायांकन रहेको गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन। यस गीतको भिडियोमा कृष्टिना अधिकारीसहित नायक पुष्प खड्काको पनि अभिनय रहेको छ।
पछिल्लो समयमा दर्शक श्रोताले अत्यधिक मन पराउने गरेका गायक हुन नेत्र भण्डारी र गायिका शान्ती श्री परियार । जसले एक पछि अर्को गर्दै चर्चित गीत पस्कदै आएका छन् ।
हजारौं गीत भिडीयो बजारमा पठाईसकेका गायक भण्डारीले जय जय मायालाई पनि दर्शकले त्यतिकै मन पराईदिने अपेक्षा राखेका छन । कृष्टिनाले यो गितको भिडीयोमा नयाँपन दिएको देख्न सक्किन्छ। उनले डान्स सिकेर आफ्नो पढाइलाई पनि सँगै अगाडी बढाएकी छिन् । जय जय माया बोलको गीतमा दमदार प्रस्तुती दिएकी नव मोडल कृष्टिना अधिकारीले अब्बल मोडलको रूपमा उदाउने दाबी निर्माण पक्षको छ।
नन्दु परियार आफैमा संगीतकार मात्र नभै मीठो गाउने गाउने गायक हुन। तर उनले स्वर भन्दा पनि धेरै गीतमा संगीत भर्ने काम गरेका छन। आफुले धेरै गीतमा संगीत गरेपनि नन्दनी बोलको गीतले दर्शकसामु आफुलाई चिनाउने गरेको उनी बताउँछन। जय जय माया बोलको गीतले पनि अघिल्ला संगीत जस्तै दर्शकबाट माया पाउने उनको दाबी छ ।
मोडल कृष्टिनाले यो गित र भिडीयोलाई दर्शकले मन पराईदिनेमा आशावादी भएको बताएकी छिन् ।
https://youtu.be/K4FQHqcvR0w


