Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

म्याग्दी, नयाँ शैक्षिक सत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रिएको छ। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री–वितरण थालेको छ।

सामूहिक लगानीमा बिक्री कक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका जिल्ला अध्यक्ष नारायण शर्माले जानकारी दिए।‘हामीले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक सरकारी पाठ्यपुस्तक जिल्लामा ल्याइसकेका छौँ। विद्यार्थीको अनुमानित संख्याका आधारमा पुस्तक ल्याएका छौँ,’ उनले भने, ‘अपुग भएर सम्बन्धित विद्यालयबाट माग भएमा थप पाठ्यपुस्तकसमेत ल्याउने प्रबन्ध मिलाएका छौँ। यो वर्ष जिल्लामा वैशाख १ गतेभित्रमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ।’

०७२ देखि म्याग्दीका पुस्तक व्यवसायीले सामूहिक रूपमा सरकारी विद्यालयका पाठ्यपुस्तक बिक्री गर्दै आएका छन्। यो वर्ष महासंघमा आबद्ध जिल्लाका २८ जना व्यवसायीले रु। एक करोड लगानीमा कक्षा १ देखि १० सम्मका करिब १६ हजार पाँच सय विद्यार्थीका लागि पाठ्यपुस्तक ल्याएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय