वराहक्षेत्र, सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्ययनमा थप सहयोग पुर्याउने उद्देश्यले निःशुल्क किताब वितरणको तयारी थालिएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १० ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क किताब वितरण गर्न लागेको हो ।नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क किताब उपलब्ध गराउँदै आएको छ । अङ्ग्रेजी माध्यममा अध्ययन गराउँदै आएका वडाभित्रका सामुदायिक विद्यालय हरुलाई अङ्ग्रेजी माध्यमका किताबहरु वडाले निःशुल्क वितरण गर्दै आएको छ । वडा कार्यालयले वडा क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरेर किताब वितरण गर्न लागेको वडा कार्यालयले जनाएको छ ।
अङ्ग्रेजी माध्यमबाट अध्ययन गराउँदै आएका वडाका ६ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विज्ञान, गणित र सहयक सामग्रीका रुपमा अङ्ग्रेजी डिस्नेरी निःशुल्क वितरण गर्न लागेको वडा अध्यक्ष तेज बहादुर गुरुङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक विद्यालयलाई शैक्षिक गुणस्तरमा सुधार गर्न यसै शैक्षिक शत्रदेखि अभिभावक विद्यार्थी कार्यक्रम समेत सञ्चालन गर्ने तयारी वडाले थालेको छ ।सामुदायिक विद्यालयमा पढाउने अविभावकहरुलाई छोराछोरीको थप अध्ययनबारे सचेत गराउने उद्देश्यले शिक्षा विद्हरुको उपस्थितिमा कार्यक्रम गर्ने जनाइएको छ ।
भौतिक विकास गरेर मात्रै वडाको विकास सम्भव नहुने देखिएपछि शैक्षिक सुधार गर्न वडाले विद्यार्थी र सामुदायिक विद्यालयहरुलाई बजेट छुट्याउँदै आएको वडा अध्यक्ष गुरुङ्गलले बताउनु भयो ।शिक्षित समाज भए मात्रै दीर्घकालीन विकाश हुन्छ । शिक्षित समाज निर्माण गर्न विद्यालय तहदेखि नै विद्यार्थीलाई अब्बल बनाउँन विद्यार्थी, अभिभावक र शिक्षक सबैले आ–आफ्नो ठाउँबाट शिक्षालाई सुधार गर्न सक्दो सहयोग गर्न वडाले वडावासीमा आग्रह गरेकोे छ ।वडा कार्यलायले बाल कक्षादेखि कक्षा दशसम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई अङ्ग्रेजी माध्यमका मुख्य किताबहरु वितरण गर्न लागेका हो ।सामुदायिक विद्यालयमा आफ्ना नानीहरुलाई अध्ययन गराउँदै आउनु भएको स्थानीय दिनेश भुजेलले निःशुल्क किताब वितरण गरेर वडाले शिक्षाको सुधारमा सह्रनीय काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो “वडा कार्यालायले दुई शैक्षिक शत्रदेखि निःशुल्क किताब लगायतका शैक्षिक सामग्री उपलब्ध गराएर विद्यार्थीको पढ्ने बानीको विकासमा सहयोग पुर्याएको छ ।’’


