Tuesday 18 August 2026 / बुधबार, ३ भाद्र २०८३

काठमाडौँ — राष्ट्रिय पूनर्निमार्ण प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवालीद्धारा पुजा पाठ गरि धरहरामा गजुर राख्ने काम सम्पर्न भएको छ ।

भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा यही वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । ३ अर्ब ४८ करोड रुपैयाँ अनुमानित लागत रहेको धरहराको पुनर्निर्माणमा डबल बेसमेन्टको धरहरा टावर, करिब ३ सय हाराहारीको क्षमता भएको ट्रिपल बेसमेन्ट पार्किङ, भूकम्पको संग्रहालय र क्याफेटेरिया गरी धरहरा निर्माणलाई चार भागमा विभाजन गरिएको थियो ।

 

भूकम्पले भत्काएको धरहराको भग्नावशेषलाई भने सिसाले छोपेर नयाँ धरहरा छेवैमा राखिनेछ । धरहराको पुरानै गजुरलाई मर्मत गरी सुनको जलप लागाई आज गजुर राख्ने काम सम्पर्न भएको छ ।। धरहराको कुल उचाई ८० मिटर रहेको छ ।
यसलाई पुरानै संरचनामा निर्माण गरिएको हो । हरेक दुई तलामा पहिलाकै जस्तो कार्नेसको बुट्टा रहेको छ भने पुरानै शैलीको गोलो झ्यालहरु यसमा देख्न पाइनेछ ।

२०औं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ । २२औं तलामा भने पुरानै शिव लिंग स्थापना गरिएको छ ।

नयाँ धरहरामा दुईवटा लिफ्टको पनि व्यवस्था गरिएको छ जुन अपांगमैत्री हुनेछन् । पहिलेको धरहरामा गोलो भर्‍याङ राखिएको थियो भने अहिलेको त्यसलाई नयाँ शैलीमा निर्माण गरिएको छ ।पहिले हुलाक कार्यालय रहेको ठाउँमा अहिले पार्किङ क्षेत्र बनाइएको छ। यो तीन तहको पार्किङ क्षेत्र हुनेछ भने यसको माथि बगैंचा र पानीको फोहोरा हुनेछ । सुन्धारालाई पनि जीवन्त बनाउने काम भइरहेको छ । अहिलेसम्म रङ लगाउने, लिफ्टको काम, बत्तीका तारहरु लगाउने र जमिनको फ्लोरिङ गर्ने कामहरु रहेका छन् ।

 

तस्विरहरु ः यसनेपाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय