Sunday 27 September 2026 / आईतवार, ११ आश्विन २०८३

काठमाडौं, असोज ११ गते । नेपाली फोटोग्राफीको क्षेत्रमा सक्रीय फोटोपत्रकारहरुको क्षमता अभिवृद्धिका लागि १ दिने रङ र कला फोटोग्राफी सम्बन्धि कार्यशाला सम्पन्न भयो ।

रास्टृय फोटो पत्रकार समुहको आयोजना र सहिद शुक्र मा. वि. कला विभागको सहकार्यमा आयोजित कार्यशालामा अग्रज कलाकार तथा कला प्रशिक्षक अशोकमान सिंले फोटो पत्रकारहरुलाई रङको गुण, रङ सयोजन र छपाई प्रविधिमा रङको प्रयोग र फोटो संयोजनका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

सतहबाट हेर्दा रङ सामान्य विषय लाग्ने भएता पनि यसको जटिल र वैज्ञानिक पक्षबारे चर्चा गर्दै मोनिटरमा देखिने रङ र छापिदा यसको प्रक्रियाबारे सैद्धान्तिक पक्षबारे चर्चा गर्नुभयो । यसका साथै सिंले प्रयोगात्मक रुपमा रङमा विविधिकरणका बारेमा चर्चा गर्नुभयो ।

रङ पुस्तकका लेखक समेत रहनु भएका सिंले आफुले रङ पुस्तक प्रकाशन गर्दाको प्राविधिक समस्याको बारेमा चर्चा गर्दै फोटोग्राफी सामुहिक प्रयास भएको बताउन भयो । फोटो खिच्ने, डिजाइन, लेआउट, कागजको चयन, सिटुपी र छाप्ने प्राविधिकको विज्ञताले मात्र एक फोटो सुन्दर प्रकाशनको रुपमा बाहिर आउने बारे चर्चा गर्नुभयो ।
रङ र संयोजनका बारेमा चर्चा गर्दै कलाकार केशव राज खनालले डिजिटल रुपमा क्यामरामा चित्र कैद गर्नु र रङको प्रयोग गरि चित्र बनाउनस दुवै कलाको अंग रहेको उल्लेख गर्दै फोटोग्राफरले प्राविधिक रुपमा चित्र बनाउने धारणा राख्नुभयो । विविध विषय मध्ये आफुले रोजेको विषयलाई कसरी विशिष्ठ देखाउन रङ र संयोजनको भुमिका रहन्छ भन्नेबारे खनालले प्रकाश पार्नु भयो ।

कार्यशालामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राज्ञ देवेन्द्र थुम्केलीले फोटोपत्रकार, फोटोग्राफर पनि समसामयिक कलाकै एक अंग रहेको बताउदै यस्ता कार्यक्रमले कलाको विविध आयाममा काम गर्ने कलाकारलाई एक अर्कासंग जोड्न र कलाको विविधिकरणमा मद्यत मिल्ने धारणा राख्नु भयो । आफु प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा रहदाँ पनि फोटोग्राफी विधाको उनन्यनको लागि कार्यक्रमहरुको आयोजना गरिएको जानकारी दिनै फोटो विधासंग जोडिएका संघसंस्थाहरुलाई चलायमान बनाउनु पर्नेमा जोड दिनुभयो ।

छोटो समयको तयारीमा निकै फलदायी कार्यशाला भएको बताउदै एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले आगामी दिनमा पनि फोटोपत्रकारहरुको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यशाला र तालिमहरुको आयोजना गरिने बताउनु भयो । कार्यशालाको संयोजक फोटो पत्रकार सागर बस्नेतले फोटोग्राफीमा लामो समय विताए पनि बेला बखत आयोजना गरिने यस्ता कार्यशाला तालिमले नयाँ उर्जा थपिने जानकारी दिनुभयो । बस्नेतले आउदाँ दिनमा आर्ट फोटोग्राफीका विविध आयाम बारे तालिम आयोजना गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय