Tuesday 1 September 2026 / मंगलवार, १६ भाद्र २०८३

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे ल नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफरअन्तर्गत रू १ सयमा रू १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यो स्किममा सहभागी बन्नका लागि आइएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवासी) फारम भरी कुनै न कुनै माध्यबाट आइएमई पे वालेटमा रू. १ सय जम्मा गर्नुपर्नेछ । त्यसमा तपाइँले रू. १ सय नै बोनस रकम तत्काल प्राप्त गर्नुहुनेछ ।

यसका लागि केवासी फारम भेरिफाइड हुनुपर्नेछ । यसरी तपाइँको ‘आइएमई पे’ मा मौजाद हुन आउने रकमबाट मोबाइल रिचार्ज, घरयासी प्रयोगमा आउने सेवाहरू जस्तैः पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तान घरमै बसीबसी आफ्नै मोबाइलबाट गर्नु सक्नुहुनेछ । यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यान मार्फत भुक्तान गर्न सक्नुहुनेछ ।

 

यी सवै सेवाका लागि ‘आइएमई पे’ डाउनलोड गर्न अनिवार्य हुन्छ । यो योजना अप्रील २१ देखि मे २१ (तदनुसार २०७८ वैशाख ०८ गतेदेखि जेठ ०७ गतेसम्म) गरी १ (एक) महिनासम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुनेछ । स्किमलाई व्यवस्थित ढंगले संचालन गरी आम सेवाग्राहीहरूको पहुँचसम्म पु¥याउन कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । त्यस सम्बन्धि सम्पूर्णाधिकार कम्पनीमा नै निहित हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय