
शारिरिक सम्पर्कले मानिसहरुलाई गम्भीर रोगको खतराबाट जोगाउँछ ।
अनुसन्धानकर्ताले सेक्स र मुटु रोगलाई जोड्दै एक अनुसन्धान गरेको छ । यो शोध ६५ वर्षभन्दा कम उमेरका ११ सय २० पुरुष र महिलामा गरिएको हो । यो शोधको नतिजा २२ वर्ष पछि आएको छ । यो अनुसन्धानमा दैनिक यौन सम्बन्ध स्थापित गर्नेहरुमा मुटुरोगको खतरा निकै कम हुने दाबी गरिएको छ ।
न्यू इंगल्याण्ड रिसर्च इन्स्टिच्युटको रिसर्च अनुसार शारिरिक सम्पर्कले शरीरलाई सन्तुष्ट दिनुका साथै मुड पनि राम्रो बनाउँछ, प्रतिरोधी क्षमता बलियो बनाउँछ, रक्तचापलाई नियन्त्रणमा राख्छ र मुटुरोगबाट पनि जोगाउँछ । जसका कारण मानिसहरुको आयु बढ्ने गर्छ ।
शोधमा बताइए अनुसार हृदयघात भइहाले पनि सक्रिय यौन जीवनमा रहनेहरुको बच्ने सम्भावना बढी हुन्छ । शोधमा पत्ता लागे अनुसार जो व्यक्तिले हप्तामा एक पटकभन्दा बढी सेक्स गरेका थिए, हृदयघातपछि उनीहरु मर्ने सम्भावना २७ प्रतिशतसम्म कम थियो । कहिलेकाँही यौन सम्बन्ध स्थापित गर्नेहरुमा यो सम्भावना ८ प्रतिशतसम्म मात्रै थियो ।
यद्यपि, यौन सम्बन्ध स्थापित गर्दा तपाईंको पार्टनरसँग कस्तो लगाव छ भन्ने कुरा पनि महत्वपूर्ण भएको अनुसन्धानले बताएको छ ।
शोधका अनुसार हप्तामा एकपटक सम्भोग गर्दा लामो उमेरको सम्भावना ३७ प्रतिशतसम्म बढ्ने गर्छ । सम्भोगलाई लामो उमेरसँग जोडिएको यो पहिलो अनुसन्धान भने होइन । केही वर्ष अघि अमेरिकन जर्नल अफ कार्डियोलोजीमा पनि यस्तै एक अनुसन्धान छापिएको थियो ।
अमेरिकन जर्नल अफ कार्डियोलोजीमा छापिएको एक अनुसन्धानमा बताइए अनुसार जो पुरुष कम सेक्स गर्छन्, उनीहरुमा मुटुरोगको खतरा बढ्नुका साथै इरेक्टाइल डिसफंक्सनको समस्या पनि बढ्ने गर्छ ।
यो शोधमा बताइए अनुसार जो पुरुष यौन रुपमा सक्रिउ हुन्छन् उनीहरु शारीरिक परिश्रम पर्ने काम गर्न सक्रिय हुन्छन् जसका कारण उनीहरु स्वस्थ पनि रहन्छन् ।