Sunday 18 October 2026 / आईतवार, २ कार्तिक २०८३

सुर्खेत – पश्चिम रुकुममा वैशाख १९ गते आइतबार विहान ६ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

शुक्रबार बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले १९ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

जिल्लामा संक्रमितको संख्या बढिरहेकाले निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको छ । जिल्लामा सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गरिने प्रजिअ गैरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय