Friday 3 July 2026 / शनिबार, २० असार २०८३

काठमाडौं, एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको एक सय दुई मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादित एक सय ११ मेगावाट, माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट र साञ्जेन जलविद्युत् आयोजनाको ४२ दशमव पाँच मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले आज रसुवाका विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सवस्टेशनको स्थलगत निरीक्षण गर्दै निर्माण ढिला हुँदा दैनिक करोडौं बराबरको नोक्सानी भएकाले तीव्र गतिमा निर्माण सम्पन्न गर्न निर्देशन समेत दिए । नुवाकोटको पैरेबेंसीमा निर्माण भएको त्रिशूली थ्री बी हब २२०(१३२(३३ केभी ९३२० एमभिए० क्षमताको सवस्टेशन र रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हव २२०(१३२(३३ केभी ९३२० एमभिए० क्षमताको सवस्टेशन र २८ किलोमिटर चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत् खेर जाने अवस्था रहेको उनले बताए ।

रसुवा र नुवाकोटका विभिन्न आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली थ्रीबी हब २२०(१३२(३३ केभी ९३२० एमभिए० क्षमताको सवस्टेशनबाट उक्त जलविद्युत् काठमाडौँको मातातीर्थ सवस्टेशनमा पुर्‍याइनेछ । चिलिमेदेखि त्रिशूली हबसम्मको २८ किलोमिटरको प्रसारण लाइनमध्ये २० किलोमिटरको डबल सर्किट लाइन ९५१ वटा टावर० र आठ किलोमिटरको चार सर्किट लाइन ९२४ वटा टावर० छन् । चार सर्किट लाइन रहेको आठ किलोमिटर टावरमा निर्माणाधीन अपर त्रिशूली एक ९२१६ मेगावाट०बाट उत्पादन हुने विद्युतलाई त्रिशूली थ्री बी हबसम्म जोडी राष्ट्रिय प्रसारण ग्रीडमा विद्युत् प्रवाह गरिनेछ । प्रसारण लाइनका लागि आवश्यक ७५ वटै टावरको फाउण्डेसन निर्माण भए तापनि हाल त्रिशुली थ्रि वी हवको छेउमा ९६०० मिटर०, मैलुङबेंसी ९१२३५ मिटर० र हाकु ९१४०० मिटर० मा तार तान्ने काम भइरहेको छ । मन्त्री खड्काले आवश्यक जनशक्ति थप गरेर भए पनि प्रसारण लाइन निर्माणलाई दुई हप्ताभित्र सम्पन्न गरी सम्बन्धित जलविद्युत् आयोजनाको टेस्टिङ कमिसनिङ समेत सम्पन्न गर्न निर्देशन दिए । कि !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय