Sunday 5 October 2025 / आईतवार, १९ आश्विन २०८२

सौन्दर्य प्रतियोगिता मार्फत् मौलिक कला संस्कृति, जातियता, आफ्नोपनको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन गर्ने हेतुले आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज प्याजेन्टस्को सातौं संस्करण भव्यता पूर्वक सम्पन्न भएको छ । थाईल्याण्डको राजधानी शहर बैंककमा सम्पन्न फाइनल प्रतिस्पर्धामा मिस तर्फ पेरुकी ले शीर्ष उपाधिको ताज पहिरिएकी छिन् मिसेस्तर्फ विभा बस्नेत मिसेस् हेरिटेज इन्टरेनसनलको ताज पहिरिन सफल भएकी छिन् । दुवै जना विजेताले पर्सनालिटीको अवार्ड हात पार्न पनि सफल भएका छन् ।

मिस तर्फ फिलिपिन्स फस्ट रनर अप, भारत सेकेन्ड रनर अप, लाट्भिया थर्ड रनर अप र सर्विया फोर्थ रनर अप विजेता चयन भएका थिए भने मिसेस् तर्फ म्यानमार फस्ट रनर अप, युके सेकेन्ड रनर अप, जापान थर्ड रनर अप तथा पेरु फोर्थ रनर विजेता छानिएका थिए । सन्तोष सापकोटा अध्यक्ष रहेको ई प्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजनामा संचालन भएको सो प्रतिस्पर्धाको समग्र संयोजन र व्यवस्थापन सिंगापुरका सुसन कोहले गरेकी थिइन् भने सह समन्वय दुर्गा विशुरालले गरेकी थिइन् । प्रतियोगिताको स्टेज प्रस्तुतिकरण र कोरियोग्राफी नेपाल फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज एवं डान्स कोरियोग्राफर वेस्ली शले संयुक्त रुपमा सम्लाहेका थिए ।

प्रतियोगितामा मिस मेक्सिकोलाई पिस एम्बेसडर, मिसेस् न्युजिल्याण्डलाई इन्भाइरोमेन्ट एम्बेसडर, मिस मंगोलियालाई कल्चुरल एम्बेसडर, मिस तर्फकी नेपालकी एलिशा लोलाई टुरिजम एम्बेसडर तथा मिसेस् तर्फकी नेपालकी विभा बस्नेतलाई हेरिटेज एम्बेसडरका रुपमा छनौट गरिएको थियो । प्रतियोगितामा नेपाल, भारत, थाईल्याण्ड, बेलायत, नाइजेरिया, भियतनाम, फिलिपिन्स, पेरु, सिंगापुर, म्यानमार, न्युजिल्याण्ड, मेक्सिको, इन्डोनेसिया, लाट्भिया, सर्विया, केन्या, मलेशियाका सहभागिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको निर्णायक मण्डलमा सिंगापुरकी महिला उद्यमी क्यारोल टोह, मिसेस् हेरिटेज इन्टरनेसनल २०१९ की विजेता फोन्टीप श्रीवारन्यु, मिस मंगोलिया एशोसियसनका निर्देशक डाटेसरिन बयानसेट्सेग, फन्डामेन्टल एस्थेटिक मेडिकल क्लीनिक सिंगापुरका संस्थापक तथा मेडिकल डाइरेक्टर लिलिन सि तथा फ्लोरिडा स्थित भोयसिन्ट डटकमका संस्थापक सिईओ रेश मरहट्ठा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय