बलिउडका चर्चित पाश्र्व गायक सोनु निगमले काठमाडौंलाई झुमाएका छन् । नेपाल टचले क्रिसमसको अवसर पारेर आयोजना गरेको ‘सोनु निगम लाइभ इन नेपाल’ कार्यक्रममा सोनुले दर्शकलाई आफ्ना चर्चित गीत गाएका थिए ।
बुधबार बेलुकी करिब ७ बजेर ३ मिनेटमा स्टेज चढेका सोनुले फिल्म ‘भीष्म प्रतिज्ञा’मा समावेश ‘उकाली ओराली गर्दै’ गीत गाएका थिए ।

दश हजार भन्दा बढी दर्शकको उपस्थितिमा आयोजित भव्य समारोहमा सोनुले आफ्ना हिट गीतहरू गाएका थिए ।
केही समय उनले नेपालको राष्ट्रिय झण्डा समेत बोकेका थिए । दर्शकहरुसँग साक्षात्कार गर्दै सोनु निगमले चर्चित गीतहरू सुनाउँदै मनोरञ्जन दिए । उनले, नेपाल र नेपालीले दिएको स्नेहले खुशी बनाएको बताए ।

सोनु निगम आज दिल्ली फर्किने कार्यक्रम छ । त्यसअघि उनले पशुपति दर्शन गर्ने कार्यक्रम छ ।

फोटो ः श्रीधर पौडेलको फेशवुक वाट






