Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

भक्तपुर, सल्लाघारी स्थित इम्पेरियल हलमा पौष २० गते सम्पन्न भएको फेसन डिजाइनरहरुको मेघा प्रतियोगिता ‘द नेशनल डिजाइनर रन वे २०२४’ भब्य रुपमा सम्पन्न भएको थियो १४ जना फेसन डिजाइनरहरु प्रतिष्पर्धी रहेको प्रतियोगितामा प्राङ्देन हानी लिम्बु द नेशनल डिजाइनर रनवे २०२४ को उपाधि विजेता भएका थिए भने सबी श्रेष्ठ ‘फस्ट रनर अप’ हुँदा ओमान कोमेन जुकान्द्री ‘सेकेण्ड रनर अप’ भए । त्यस्तै सजिना मोनिकर ‘मष्ट पपुलर’ भइन् । विजेताहरूलाई प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा राना, निर्णायकहरू र आयोजक टोलीका सदस्यहरूले ताज तथा विभिन्न पुरस्कार प्रदान गरे ।

प्रतियोगिता राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतीमा भएको हो । राज्य मिडिया नेटवर्क र एभेन्टोज नेपालका सिईओ डेभिल सिंह राजपुतको अवधारणा र निर्देशन तथा राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाको अध्यक्षतामा भएको प्रतियोगितामा आइआइएफटी, एनसिएफटी र आइइसीका फेसन डिजाइनरहरुले सहभागिता जनाएका थिए ।

डिजाइनरले डिजाइन गरेका पहिरनलाई ३८ मोडलहरुले ¥याम्पमा प्रस्तुत गरेका थिए । प्रतियोगितामा फेसन विज्ञहरु मनिषा डंगोल श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र फेसन विज्ञसमेत रहेकी नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शोभा श्रेष्ठ निर्णायक थिए ।

फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा भएको प्रतियोगितामा सञ्जिव कसजुले बजार व्यवस्थापन, परमानन्द चौधरीले इभेण्ट व्यवस्थापन र शैलेश नेपालीले इभेण्ट संयोजकको रुपमा काम गरेका थिए ।




तस्बिर :सजयं साह

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय