Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

काठमाडौँ , राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले  आजीवन सदस्य तथा वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पालाई अन्तिम  श्रद्धाञ्जली दिएको  छ। दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तसहित संस्थाका पदाधिकारी, सदस्यहरूले एनएफपिजेको झण्डा ओडाएर सम्मानसहित अन्तिम बिदाइ गरेका हुन्। शेर्पाको आज बुधबार काठकाठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले  आजीवन सदस्य तथा वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पालाई अन्तिम  श्रद्धाञ्जली दिएको  छ। दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तसहित संस्थाका पदाधिकारी, सदस्यहरूले एनएफपिजेको झण्डा ओडाएर सम्मानसहित अन्तिम बिदाइ गरेका हुन्। 

शेर्पाको आज बुधबार काठमाडौँको टेकु दोभानमा शेर्पा संस्कार अनुसार अन्त्येष्टि गरिएको हो। उनको आइतबार राति उपचारको क्रममा काठमाडौँको टोखास्थित ग्रान्डी अस्पतालमा ६४ वर्षको उमेरमा  निधन भएको थियो ।

 शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । 
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफीसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।माडौँको टेकु दोभानमा शेर्पा संस्कार अनुसार अन्त्येष्टि गरिएको हो। उनको आइतबार राति उपचारको क्रममा काठमाडौँको टोखास्थित ग्रान्डी अस्पतालमा ६४ वर्षको उमेरमा  निधन भएको थियो ।


 शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । 
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफीसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय