Friday 27 January 2023 / शनिबार, १४ माघ २०७९

नेपाल कम्युनिष्ट पार्टी नेकपा (दाहाल–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाने भएका छन् । पत्नी सीता दाहालको उपचारका लागि भारत जान लागेको आइतबार पेरिसडाँडामा बसेको नेकपा (दाहाल–नेपाल) समूहको स्थायी कमिटी बैठकमा दाहालले जानकारी गराएका हुन् ।

मुम्बई जाने भएपछि आफू भोलिको बैठकमा उपस्थित हुन नसक्ने दाहालले जानकारी गराएका थिए ।
सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको हो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय