Sunday 9 February 2025 / आईतवार, २७ माघ २०८१

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चुनाव अधिकारीलाई आफूलाई जिताउन लायक भोटको बन्दोबस्त गरिदिन आग्रह गरेको एउटा फोन रेकर्डिङ सार्वजनिक भएको छ । वासिङ्टन पोस्टले जारी गरेको फोन रेकर्डिङमा ट्रम्पले जर्जिया प्रान्तका शीर्ष चुनाव अधिकारीलाई हालै भएको चुनावमा आफुलाई जिताउन लायक भोटको बन्दोबस्त गरिदिन आग्रह गरिरहेको सुनिएको छ । यसमा राष्ट्रपति ट्रम्पले रिपब्लिकन सेक्रेट्री अफ स्टेट ब्रेड रेफनस्पर्जरलाई आफूले ११ हजार ७ सय ८० भोट मात्रै खोज्न चाहेको अडियो रहेको छ । अडियोमा रेफनस्पर्जरले ट्रम्पलाई जर्जियाको नतिजा सही भएको बताइरहेका छन् । डेमोक्रेट उम्मेद्ववार जो बाइडेनले राष्ट्रपति चुनावमा जर्जिया प्रान्तमा जीत हासिल गरेका थिए । उनले कूल ३ सय ६ इलेक्टोरल भोट प्राप्त गरेका थिए भने ट्रम्पले २ सय ३२ भोट प्राप्त गरेका थिए । मतदानलगत्तै राष्ट्रपति ट्रम्पले चुनावमा अत्याधिक मात्रामा धोका भएको आरोप लगाएका थिए । यद्यपि, उनले यसका लागि कुनै प्रमाण भने पेश गरेका छैनन् । यो रेकर्डिङ सार्वजनिक भएपछि ट्रम्प अप्ठेरोमा पर्ने आँकलन गरिएको ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय