क्यानाडा, नेपालीहरूको दोस्रो ठूलो महान् चाड तिहार अर्थात् दीपावलीको अवसरमा क्यानाडामा रहेका नेपाली समुदायले नेवारी परम्पराअनुसार म्हः पूजा (आत्मपूजा) गरेका छन्।


नेपालको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली समुदायले तिहारको अवसरमा विधिपूर्वक मण्डप तयार गरी आफ्नै शरीर तथा आत्माको पूजा गर्दै म्हः पूजा मनाएका हुन्।


नेवारी संस्कृतिअनुसार गरिने म्हः पूजामा परम्परागत पोशाकमा सजिएका नेपालीहरूले मण्डप निर्माण गरी विभिन्न पूजाका सामग्री, विधि र परम्पराअनुसार आत्मपूजा गरेका थिए।


नेपालबाट टाढा रहेर पनि आफ्नो मौलिक संस्कृति, धार्मिक आस्था र परम्परालाई निरन्तरता दिँदै नयाँ पुस्तामाझ नेपाली पहिचान हस्तान्तरण गर्ने प्रयाससमेत यसले झल्काएको छ।


तस्बिर : प्रदीप राज वन्त / रासस, क्यानाडा


