काठमाडौं, नेपाल पर्यटन यातायात व्यवसायी संघको २२ औं साधारण सभा तथा ११ औं महाधिवेशनको अवसरमा भिम बहादुर गोले तामाङको नेतृत्वमा उम्मेदवारी घोषणा सभा भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौंको एक होटलमा सोमबार बेलुका भएको उक्त कार्यक्रममा व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
घोषणा सभामा वरिष्ठ यातायात व्यवसायी साङ्गे लामाले संघको संस्थागत विकासमा अनुभवी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै भिम गोलेको नेतृत्वले पर्यटन यातायात क्षेत्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले भने, हामीले विगतमा धेरै चुनौतीहरू सामना गरेका छौं। अब अनुभवी र प्रतिबद्ध नेतृत्वको आवश्यकता छ, जुन भिम गोलेको टिममा देखिन्छ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष खुम सुवेदीले पर्यटन उद्योगको सफलताका लागि यातायात सेवा महत्वपूर्ण आधार भएको बताउँदै संघले अझ सशक्त योजनासहित अघि बढ्नुपर्नेमा जोड दिनुभयो। सुवेदीले भन्नुभयो, पर्यटन र यातायात छुट्टै कुरा होइनन्। यात्रुहरूको सुविधा र सुरक्षामा ध्यान दिएर काम गर्न सके मात्र उद्योगको छवि उजिलिन्छ, यहाँ दुई प्यानल देखेपनि अन्तमा एकै भएर संस्थाको हितमा काम गर्न सुझाव दिनु भयो ।
संघका वर्तमान अध्यक्ष वेदराज वास्तोलाले आफ्नो कार्यकालमा प्रारम्भ गरिएका परियोजनाहरूलाई निरन्तरता दिने र थप सुधार गर्ने नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै उम्मेदवार टोलीलाई शुभकामना दिनुभयो। उहाँको भनाइमा, हामीले संघलाई व्यवस्थित र पारदर्शी बनाउन धेरै पहल गरेका छौं। आगामी नेतृत्वले यसलाई अझै सुदृढ बनाउनुपर्छ। मेरो यस जुझारु टिमलाई हरपल साथ र सहयोग रहने छ ।
प्रत्यासी उम्मेदवार भिम तमाङले संघले स्थापना कालदेखि हालसम्म गरेका उपलब्धिहरू, हाल सञ्चालनमा रहेका गतिविधिहरू तथा भावी योजनाबारे विस्तृत रूपमा जानकारी दिनुभयो। उहाँले प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, संघको आर्थिक पारदर्शिता, सदस्यहरूको हकहितको संरक्षण, सेवा प्रवाहमा आधुनिक प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय स्तरमा पर्यटन यातायातको छवि उजागर गर्नु हाम्रो प्राथमिकता हुनेछ, यि सवै कामहरु गर्न मेरो नेतृत्वलाई विजय गराउन हुन हार्दिक अनुरोध अपिल गर्दछु भनि प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित सदस्यहरूले उम्मेदवार टोलीलाई समर्थन व्यक्त गर्दै आगामी महाधिवेशनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएका थिए।
प्रत्यासि अध्यक्ष भिम बहादुर गोले तामाङको नेतृत्व यस प्रकार रहेको छ ।
अध्यक्षः भिम बहादुर गोले तामाङ्ग (संस्थापक सचिव देखी उपाध्यक्ष सम्म)
नेश्नल टुर्स भेहिकल सर्भिस प्रा.लि.
वरिष्ठ उपाध्यक्षः विनोद तामाङ्ग (वर्तमान उपाध्यक्ष)
ड्राईभ एडभेन्चर प्रा.लि.
उपाध्यक्षः राम कुमार वस्नेत (वर्तमान कोषाध्यक्ष)
आर के एस भेहिकल सर्भिस प्रा.लि.
महासचिवः भरत प्रसाद तिमिल्सिना (निवर्तमान सचिव)
हेल्पफुल भेहिकल सर्भिस प्रा.लि.
सचिवः टेक पुन मगर (वर्तमान सदस्य)
टाईगर ट्राभल एण्ड टुर्स प्रा.लि.
कोषाध्यक्षः तेज मान लामा (वर्तमान सदस्य)
ट्रीनिटी टुर्स सर्भिस प्रा.लि.
सदस्यहरुः बजिराम घिमिरेः त्रिदेव भेहिकल सर्भिस प्रा.लि.
हरि हुमागाईः टुर्स एण्ड भेहिकल प्रा.लि.
बिष्णु कार्कीः नोरन्जन रमझम भेहिकल सर्भिस प्रा.लि.


