Monday 27 July 2026 / सोमबार, ११ श्रावण २०८३

काठमाडौं, वीरगञ्जमा हैजा तीव्र रूपमा फैलिँदै गएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका १० नमुनामध्ये ८ मा हैजा पुष्टि भएको छ। शुक्रबारयता ३९१ जना हैजा र झाडापखलाका बिरामी अस्पतालमा भर्ना भएका छन्, जसमध्ये १७१ जना डिस्चार्ज भए पनि अझै २२० जना उपचाररत छन्।

विशेषगरी नारायणी अस्पतालमा सबैभन्दा बढी १०६ जना बिरामी छन्। पछिल्लो २४ घण्टामै ९५ नयाँ बिरामीमा हैजा पुष्टि भएको छ।

स्वास्थ्यकर्मीहरूले उमालेर वा फिल्टर गरेको पानी पिउन, सरसफाइमा ध्यान दिन र काँचो तरकारी राम्ररी धुने सल्लाह दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय