काठमाडौं, दसैंको आगमनसँगै नयाँ दसैं गीत ‘हाँस्दै गाउँदै रमाउँला आँगनमा’ सार्वजनिक भएको छ। गीतमा राम शर्माको शब्द, सुफिक्स मदनको संगीत तथा एरेन्ज रहेको छ। यसमा सुफिक्स मदन र कोपिला तामाङ वाइबाले स्वर दिएका छन्।
भिडियोमा चर्चित अनुहारहरूको अभिनय
गीतको भिडियोमा विक्रम बुढाथोकी, एलिना रायमाझी र मनिष स्वारले अभिनय गरेका छन्। भिडियोको निर्देशन उमेश कार्कीले गरेका हुन् भने सञ्चारकर्मी लक्ष्मण शर्माले निर्माण गरेका छन्। छायांकन सन्तोष तिमल्सिनाले र सम्पादन रोशन धितालले गरेका हुन्।
युट्युबमा उपलब्ध
दसैंको उत्सवलाई लक्षित गरी तयार गरिएको यस गीतलाई ‘आरएल क्रियसन’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।


