Thursday 9 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौं, नेपाली सांगीतिक क्षेत्रमा ऐतिहासिक मानिने गीत सार्वजनिक भएको छ। विश्वविख्यात गजल सम्राट गुलाम अली खान, उनका छोरा आमिर गुलाम अली र नाति नाजिर गुलाम अली को स्वरमा रेकर्ड गरिएको यो गीतलाई खान परिवारकै पहिलो रेकर्ड मानिएको छ।

गीतमा अभिनेता दीपक घिमिरे र हालै सिजन मिडियाद्वारा आयोजना गरिएको मिसेस ब्युटी क्विन नेपाल ‘२०२५’ की विजेता वर्षा कुवर ले अभिनय गरेकी छिन्। यस ऐतिहासिक गीतका शब्द मनोज खड्काले लेखेका हुन् भने संगीत मिलन मोक्तानले दिएका हुन्।

नेपालमा पहिलो पटक गजल सम्राट गुलाम अली खानका तीन पुस्ताको स्वर एउटै गीतमा समेटिएको हुँदा यसलाई सांगीतिक जगतका लागि महत्वपूर्ण योगदानका रूपमा लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय