काठमाडौँ, राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालका अध्यक्ष प्रदीप राज वन्तको नेतृत्वमा तीन सदस्यीय नेपाली टोली हालै चीनको शानडोंग प्रान्तमा भएको अन्तर्राष्ट्रिय फोटो महोत्सव “अवसर चीन, ऊर्जाशील शानडोंग” मा सहभागी भएर नेपाल फर्किए को छ ।

उक्त महोत्सव सन् २०२५ अक्टोबर १५ देखि २१ तारिखसम्म आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न एशियाली मुलुकका १०० भन्दा बढी फोटो पत्रकार र फोटोग्राफरहरू सहभागीता रहेको थियो । महोत्सव चीनको शानडोंग प्रान्तीय समितिको प्रचार विभाग र अन्तर्राष्ट्रिय फोटोग्राफिक आर्ट महासंघ (चीन कार्यालय, जिनान) को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

साथै यसमा शानडोंग रेडियो तथा टेलिभिजन स्टेशन, शानडोंग अन्तर्राष्ट्रिय सञ्चार केन्द्र, शानडोंग कला तथा डिजाइन विश्वविद्यालय, र चाइना इष्टर्न इन्टरनेशनल फोटोग्राफी आर्ट एसोसिएसनका सहकार्य रहेको थियो ।

कार्यक्रमलाई तीन समूहमा विभाजन गरी सहभागीहरूलाई शानडोंग प्रान्तका विभिन्न पर्यटकीय तथा ऐतिहासिक स्थानहरूको भ्रमण गराइएको थियो ।

पहिलो समूहमा नेपाल, जापान, भियतनाम र चीनका फोटोग्राफरहरू सहभागी थिए भने अन्य समूहहरूमा मलेसिया, कोरिया, ताइवान, म्यानमार, थाइल्याण्ड, रसिया, फिजी लगायतका देशका फोटोग्राफरहरू पनि सहभागी थिए ।

नेपाली टोलीले पहिलो र दोस्रो दिनको भ्रमणका क्रममा डेझाउ सिटीको भ्रमण अवालोकन गरिएका थियने जसमा कालो माटोको संग्रहालय, सियाजिन प्राचीन सडक, मुलवेरी फलको अनुसन्धान वगैचा तथा उद्योग, चाइना डि.फिल्म सिटि र एल्लो रिभरलाई वाध लगाएर खेतिबालीको लागि सिन्चाई ड्याम, प्राचीन बगैंचा,एक्रोवेटिक क्रिकेट भ्याली, लोलिङ फिल्म एण्ड टेलिभिजन सिटि,जुनुविज म्यूजियम लगायतका स्थलहरूको अवलोकन गरेका थियौं ।

यस अवसरमा सहभागीहरूले शानडोंग प्रान्तको प्रकृति, संस्कृति र विकासका विविध पक्षहरू आफ्ना क्यामेरामा कैद गरेका थिए ।

यस्ता अन्तर्राष्ट्रिय सहभागिताले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध, पर्यटन प्रवद्र्धन, र कलात्मक सहकार्यलाई बलियो बनाउन मद्दत पु¥याउने विश्वास लिएको छु ।

यस्ता महोत्सवमा सहभागिताले नेपाली फोटो पत्रकारिता र नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने साथै अन्य देशका फोटोपत्रकारहरुसंगको मित्रता पनी विकास हुने अवसर प्रदान गर्नेछ ।उक्त कार्यक्तमको पहिलो दिनमा मैले खिचेका तस्बिरहरु यस्ता रहेको छन ।

प्रदीपराज वन्त
राष्ट्रिय फोटोपत्रकार समूह,नेपाल अध्यक्ष ।





