काठमाडौँ, नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएनपी)सँग सहकार्यमा Image FM 90.9 मा प्रसारण हुने Bring da House Down with Nirnaya NSK कार्यक्रमको २७औँ वार्षिकोत्सवको अवसरमा स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी सचेतनामूलक अभिमुखीकरण तथा स्क्रिनिङ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ

विश्व क्यान्सर दिवस र अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूलाई स्तन तथा पाठेघरको क्यान्सरका लक्षण, जोखिम कारक, समयमै जाँचको महत्व र उपचार प्रक्रियाबारे जानकारी दिइएको थियो।
कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण (स्क्रिनिङ) समेत गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले प्रारम्भिक चरणमै रोग पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

आयोजकका अनुसार आगामी दिनहरूमा पनि विभिन्न स्थानमा यस्ता जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ।



