Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौँ, कानुनमन्त्री सोविता गौतमले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। सार्वजनिक विवरणअनुसार उहाँको बैंक खातामा १० लाख ५० हजार ३३५ रुपैयाँ रहेको छ। साथै १५ तोला सुन, १० तोला चाँदी र एक सेट हिरा (पैतृक तथा विवाहमा प्राप्त) रहेको उल्लेख गरिएको छ। काठमाडौँ र भरतपुरमा घर रहेको छ भने ती घर श्रीमान् र सासुको नाममा रहेको जनाइएको छ।

त्यस्तै, ग्लोब ट्रट हिमालय टुर्स एन्ड ट्रेक्समा उहाँको ५० प्रतिशत शेयर रहेको छ भने सोपान मल्टिपल कम्पनीमा ६ हजार ५०० कित्ता शेयर रहेको छ। मन्त्री गौतमका श्रीमान्को नाममा ९५ लाख रुपैयाँमा खरिद गरिएको एक गाडी रहेको छ भने मन्त्री गौतमकै नाममा २ लाख ७५ हजार रुपैयाँ मूल्यको स्कुटर रहेको विवरणमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय