Sunday 16 August 2026 / सोमबार, १ भाद्र २०८३

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्नेछ।

बिहीबार संसदीय समितिका सभापतिहरूका लागि मनोनयन दर्ता गर्ने समय तय भएकाले त्यसअघि पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो। गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो। सोही दिन सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिका सभापतिको निर्वाचनका लागि आगामी शुक्रबार मिति तोकेका थिए।

संघीय संसद् अन्तर्गत कुल १६ वटा संसदीय समिति छन्। प्रतिनिधिसभा अन्तर्गत १० वटा, राष्ट्रिय सभा अन्तर्गत ४ वटा र २ वटा संयुक्त समिति रहेका छन्। राष्ट्रिय सभा अन्तर्गतका समितिका सभापतिहरूको निर्वाचन भने यसअघि नै सम्पन्न भइसकेको छ भने प्रतिनिधिसभा अन्तर्गतका १० र संयुक्त २ समितिका सभापतिको निर्वाचन हुन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय