Sunday 20 September 2026 / आईतवार, ४ आश्विन २०८३

काठमाडौं, पुष्पकमल दाहालले यसपटक आफू मन्त्री वा प्रधानमन्त्री बन्न नपरेकोमा खुशी व्यक्त गरेका छन्।

दाहालले अहिलेको अवस्थालाई पार्टी सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। पदको खोजीभन्दा पनि पार्टीलाई सुदृढ र व्यवस्थित बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।

उनले भने, “यो पटक मन्त्री हुन नपरेकोमा, प्रधानमन्त्री हुन नपरेकोमा म खुसी व्यक्त गर्छु। यो पार्टी सच्याउने अवसर हो हामीलाई।”उनको यस अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न चर्चा सुरु भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय