Thursday 10 September 2026 / बिहीबार, २५ भाद्र २०८३

काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित नियमित जाँचका क्रममा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८५२ सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

बिहीबार बिहानसम्म गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८३, सिसीटिभीमार्फत ६५ र रातोबत्तीको उल्लङ्घन गर्ने ४८ जना चालक कारबाहीमा परेका हुन्।

यसैगरी तीव्र गतिमा सवारी चलाउने ७०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने २५, लेन अनुशासन पालन नगर्ने २४, सवारीको अवस्था ठिक नराखी चलाउने २२ र एकतर्फी (वनवे) सडकमा सवारी हाक्ने १४ जना चालकलाई कारबाही गरिएको छ। अन्य विविध ट्राफिक नियम उल्लङ्घन गर्ने ५०१ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय