Monday 14 September 2026 / सोमबार, २९ भाद्र २०८३

काठमाडौं, सिजन मिडियाको आयोजनामा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’ को सातौँ संस्करणको कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा उद्योग, व्यवसाय, ऊर्जा, बैंकिङ, बीमा, पर्यटन, आतिथ्य, शिक्षा, पत्रकारिता, कला, उड्डयन, सामाजिक सेवा तथा उद्यमशीलताका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका नेपाल तथा विभिन्न एसियाली मुलुकका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपालका लागि बंगलादेशका राजदूत एम्डी सफिक रहमान, उद्योगी–व्यवसायी, सञ्चारकर्मी, कलाकार, समाजसेवी, शिक्षाविद् तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
समारोहमा पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठलाई ‘औद्योगिक नेतृत्वमा दिर्घसेवा सम्मान’ प्रदान गरिएको थियो ।





त्यस्तै वरिष्ठ संगीतकार, गायक तथा गीतकार सम्भुजित बास्कोटालाई ‘दिग्गज संगीत साधक सम्मान’, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई ‘सहरी विकास तथा सार्वज

निक सेवामा दूरदर्शी नेतृत्व सम्मान’, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहलाई ‘आतिथ्य उद्योग नेतृत्व उत्कृष्टता सम्मान’ तथा हाइलाइफ एग्रो फुड्स इन्डस्ट्रिजका अध्यक्ष अम्बिका प्रसाद पौडेललाई ‘उत्कृष्ट व्यावसायिक नेतृत्व सम्मान’ प्रदान गरिएको थियो।

त्यसैगरी आईपीपीएएनका अध्यक्ष तथा बीजी ग्रुपका प्रबन्ध निर्देशक गणेश कार्कीलाई ‘ऊर्जा नेतृत्व उत्कृष्टता सम्मान’, वरिष्ठ पत्रकार तथा लेखक धर्मेन्द्र झालाई ‘वरिष्ठ नेपाली पत्रकारिता सम्मान’, नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीमप्रसाद घिमिरेलाई ‘औद्योगिक तथा व्यावसायिक नेतृत्व उत्कृष्टता सम्मान’ तथा साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई ‘उत्कृष्ट संस्थागत नेतृत्व सम्मान’ प्रदान गरिएको थियो ।

कार्यक्रममा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटु शल्य चिकित्सक डा. बिश्व पोखरेल, मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, नेपाल वायुसेवा निगमकी वरिष्ठ क्याप्टेन भावना पन्त, इना सेन्टरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत उद्धव बर्तौला, फेसियल हाउसकी अध्यक्ष सुष्मा महरा, कंगारु एजुकेसन फाउन्डेसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिना, वरिष्ठ समाचार प्रस्तोता समा थापालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई समेत अवार्ड प्रदान गरिएको थियो ।

यसैगरी जापान, भारत, मलेसिया, बंगलादेश र चीनबाट सहभागी भएका व्यक्तित्वहरूलाई पनि अन्तर्राष्ट्रिय विधाअन्तर्गत विभिन्न सम्मान प्रदान गरिएको थियो ।


जापानका वरिष्ठ स्वतन्त्र फोटो पत्रकार नोबोरु ताकाओका, भारतका वरिष्ठ फोटो पत्रकार पुरुषोत्तम दिवाकर, मलेसियाका अन्तर्राष्ट्रिय ड्रोन उड्डयन महासंघका अध्यक्ष चेओङ क्वेई सेङ, बंगलादेशका पानीमुनि फोटोग्राफीमा सक्रिय फोटो पत्रकार शरीफ सरवर, चीनका शिक्षा प्रविधि क्षेत्रका व्यवसायी जोएसन चेन तथा सञ्चार तथा सामाजिक सल्लाहकार वेनी काईलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।

समारोहमा सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले अवार्ड कुनै ट्रफी वा प्रमाणपत्रमा मात्र सीमित नभई विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिको मेहनत, संघर्ष, उपलब्धि र सामाजिक योगदानको सम्मान भएको बताए ।

उनले नेपालका प्रतिभा तथा एसियाली मुलुकका व्यावसायिक र सिर्जनशील व्यक्तित्वलाई एउटै मञ्चमा जोडेर अन्तर्राष्ट्रिय सम्बन्ध, सहकार्य तथा व्यावसायिक आदानप्रदानलाई विस्तार गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको बताए ।

कार्यक्रममा बोल्नु हुर्दै प्रमुख अतिथि पूर्वराष्ट्रपति डा. रामवरण यादवले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दा समाजमा सकारात्मक ऊर्जा सिर्जना हुनुका साथै नयाँ पुस्तालाई प्रेरणा मिल्ने बताउनु भयो । उनले सम्मानित व्यक्तिहरूलाई आफ्नो क्षेत्रको योगदानलाई अझ विस्तार गर्दै समाज र राष्ट्रको हितमा काम गर्न आग्रह गर्नुभयो ।


सिजन मिडियाले आफ्नो १८औँ वर्षको यात्रासँगै अवार्डको सातौँ संस्करण आयोजना गरेको हो । आयोजकका अनुसार आगामी दिनमा पनि नेपाल तथा विभिन्न एसियाली मुलुकका उत्कृष्ट प्रतिभा, उद्यमी, व्यवसायी, सञ्चारकर्मी तथा सिर्जनशील व्यक्तित्वलाई एउटै मञ्चमा जोड्ने अभियानलाई निरन्तरता दिइनेछ । समारोहमा सम्मानित सम्पूर्ण अवार्डीहरूलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले ट्रफी तथा सम्मानपत्र प्रदान गरेका थिए।



प्रदीपराज वन्त

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय