काठमाडौं, एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ।
विराटनगर किङ्सले राष्ट्रिय टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफ सदस्यलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ। यस्तै, टोलीको नेतृत्व गर्दै ऐतिहासिक सफलता दिलाएका कप्तान तथा विराटनगर किङ्सका मार्की खेलाडी सन्दीप लामिछानेलाई १ लाख रुपैयाँ विशेष सम्मानस्वरूप प्रदान गरिनेछ।

नेपाली क्रिकेटको विकास, खेलाडीको मनोबल वृद्धि तथा राष्ट्रिय टोलीको सफलतालाई प्रोत्साहन गर्ने उद्देश्यले नगद सम्मान घोषणा गरिएको विराटनगर किङ्सले जनाएको छ।
नेपालले एसीसी प्रिमियर कप २०२६ को उपाधि जितेसँगै एसिया कप २०२७ मा आफ्नो स्थान सुरक्षित गरेको हो। टोलीको ऐतिहासिक सफलताप्रति विराटनगर किङ्सले सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा सहयोगी स्टाफलाई बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको छ।



