Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

एजेन्सी – ब्रेन्टफोर्डमाथि सहज जित निकाल्दै टोटेनहम हस्टपर इंग्लिस फुटबल लिग ९इएफएल० कपको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डमाथि २–० को सहज जित हात पारेको हो । टोटेनहमको जितमा मोउसा सिस्सोको र ह्युङ मिन सनले गोल गरे ।

खेलको १२औं मिनेटमा नै सिस्सोकोको गोलबाट टोटेनहमले खेलमा अग्रता लिएको थियो । खेलको दोस्रो हाफको ७०औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई २–० को सहज जित दिलाए ।

८४औं मिनेटमा ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो । खेलमा ब्रेन्टफोर्डले केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा फाइनल पुग्नबाट वञ्चिन हुन पुग्यो ।

अब टोटेनहमले उपाधिका लागि म्यानचेस्टर ‘डर्वी’ अर्थात म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ ।

टोटेनहम १३ वर्षयता उपाधि विहीन छ । २००८ मा लिग कप जितेयता टोटेनहमले त्यसपछि चारपटक फाइनलमा पुगेपनि उपाधि जित्न सकेको छैन । टोटेनहम लिग कप र च्याम्पियन्स लिगको फाइनलमा पुगेपनि उपाधि जित्न सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय