Monday 21 April 2025 / सोमबार, ८ बैशाख २०८२

एजेन्सी । बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप अहिलेसम्म एक लाख ३७ हजारभन्दा बढीले लगाउन पाएका छन् । पहिलो खोप लगाएको एक हप्ताको अवधिमा यति मानिसले खोप लगाएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका हुन् ।
बेलायतमा अघिल्लो हप्ताको मङ्गलबार ९० वर्षीय एक वृद्धालाई खोप लगाइदिएर कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको थियो । औपचारिक रूपममा कोरोनाविरुद्धको खोप लगाउने कार्य पनि बेलायतबाटै शुरु भएको हो । बेलायतको सरकारी निकायले फाइजर बायोएनटेकको खोप आपत्कालीन अवस्थाका सङ्क्रमितलाई प्रयोग गर्न स्वीकृति दिएको थियो ।

स्वास्थ्य तथा सामाजिक सेवा विभागले दिएको जानकारीअनुसार देशभरी अहिलेसम्म एक लाख ३७ हजार ८९७ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ । तीमध्ये झण्डै एक लाख आठ हजार जना इङ्ग्ल्याण्डका मात्रै रहेका छन् । प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाविरुद्धको खोप दिने कार्य उत्साहजनक रूपमा अगाडि बढीरहेको बताउँदै यसलाई “राम्रो शुरुआत”को रूपमा लिन आह्वान गरेका छन् ।
बेलायतले चार करोड खोप माग गरिसकेको छ भने त्यसले दुई करोड मानिसलाई पुग्ने छ । यो खोप हरेक व्यक्तिलाई २१ दिनमा दुई पटक दिनुपर्ने खोप निर्माताहरूको सिफारिस छ । पहिलो चरणमा आठ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने बेलायतको योजना रहेको पनि प्रधानमन्त्री जोनसनले जानकारी दिएका छन् ।
बेलायतमा सबैभन्दा बढी प्राथमिकता ८० वर्ष माथिका ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीहरूलाई दिइएको छ भने अन्यलाई प्राथमिकता निर्धारण गरेर दिइने भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएर बेलायतमा अहिलेसम्म झण्डै ६५ हजारको मृत्यु भएको छ भने कूल झण्डै १९ लाख मानिस सङ्क्रमित भएका छन् । विश्वभरी अहिलेसम्म सात करोड ३९ लाख ६७ हजारभन्दा बढी सङ्क्रमित हुँदा १६ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

एजेन्सी । अमेरिकामा कोभिड १९ भ्याक्सिन लगाउन सुरु भएको छ । सोमबारदेखि त्यहाँ कोभिड भ्याक्सिन लगाउन सुरु गरिएको हो । सोमबार सुरु गरिएको पहिलो खोप फ्रन्ट लाइनमा काम गरिरहेकी एक नर्स लगाएकी छिन् । न्युयोर्कको लङ आइल्यान्डकी एक नर्सलाई उक्त खोप लगाइएको हो । ती नर्स आइसीयूमा कार्यरत रहेकी थिइन् ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय