Friday 10 July 2026 / शनिबार, २७ असार २०८३

हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ प¥यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ््न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उहाँको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के के क्षति पु¥याउने भन्ने । “कालो मडारिएको बादल देखिएपछि डर लाग्न थाल्छ, फेरि पनि पानी पर्ने र खोला भरिने हो कि भनेर”, उहाँले भन्नुभयो, “तीन दिन भयो, फेरि पनि खोला बढेर बगाउँछ भनेर सुत्न पाएका छैनौँ ।”

यही असार २ गते मेलम्ची खोलामा बाढी आउँदा उहाँको घर र जग्गा सबै बाढीले बगाएको थियो । साँझ ७ः०० बजे खोलामा ठूलो आवाज आयो र घरबाहिर निस्केर हेर्दा ठूलो पानी आइरहेको उहाँले देख्नुभयो । त्यो खोला छिनभरिमा नै उर्लियो र राति १२ः०० बजे उहाँको घरजग्गा सबै बगायो । “त्यो दिन हामी घरबाट चाँडै निस्केरमात्र बाँच्न पायाँै”, उहाँ भन्नुहुन्छ, “खोलामा ठूला आवाज र जमीन थरथर काम्न थालेपछि हामी बाहिर के भयो भनेर बाहिर निस्केका हौँ ।”

गत बुधबार आएको मेलम्ची नदीमा आएको पानीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका–१ को तिमु र चिउरी खर्क, वडा नं २ क्युल, वडा नं ६ चालिसेमा बढी क्षति पु¥याएको छ । पचपन्न वर्षीया ज्योति उक्त ठाउँमा बसेको धेरै भए पनि यसरी खोलामा ढुङ्गाको आवाज आउँदै बाढी आएको र जमीन थर्किएको कहिल्यै देख्नुभएको थिएन ।

यस्तै सोही ठाउँका मीनमार तामाङको पनि बगरमा रहेको घर बाढीले लग्यो । घरमा रहेको सबै बगाएपछि सपरिवार उहाँ डाँडामा त्रिपालमा बस्नुभएको छ । खोला एक्कासि बढेर आउँदा आफू र छोराछोरीलाई बचाउन लाग्दा घरको केही नै जोगाउन उहाँले पाउनुभएन । “हामी आफ्नो ज्यान बचाउनका लागि माथि डाँडातिर उक्ल्याँै, अनि हेर्दाहेर्दै खोलाले घर बगायो”, उहाँ भन्नुहुन्छ, “आफूसँग लगाएको कपडाबाहेक घरबाट अरू केही ल्याउन पाएनौँ, घरमा रहेको सबै खोलाले बगायो ।”

यस्तै विष्णुप्रताप खड्काले पनि त्यो दिन दिउँसोदेखि नै खोलामा पानीको बहाव बढिरहेको बताउनुभयो । “बत्ती गयो, खोलो करायो, गाउँका छरछिमेकी जम्मा भयौँ, खोला हे¥याँै मात्र केही गर्न सकेनौँ”, उहाँले स्मरण गर्दै भन्नुभयो, “भोलिपल्ट हेर्दा केही थिएन ।” त्यस दिन उहाँ भाउजूसँगै भाइको माछा फार्ममा जानुभएको थियो । पानी बढेपछि उहाँ माछा फार्मदेखि भाग्न सफल भए पनि भाउजू भने सक्नुभएन र खोलाले बगायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय