Saturday 5 October 2024 / शनिबार, १९ आश्विन २०८१

विराटनगर, प्रदेश नं १ मा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४१० जना रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ३९१ जना होमआइसोलेसनमा, नोबेल मेडिकल कलेजमा सात, विराट मेडिकल कलेजमा चार, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा तीन÷तीन, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई जना उपचारमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा रवीन्द्र निरौलाका अनुसार अस्पतालमा उपचारर्थमध्ये पाँच जना आइसियु र १४ जना सामान्य श्ययामा छन् । आजसम्म २९ हजार ९२८ सङ्क्रमितमध्ये २९ हजार ५६ डिस्चार्ज भएका छन् । सङ्क्रमण देखिएकामध्येबाट अहिलेसम्ममा ४६२ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट २०६, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट चार, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुई, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजबाट एक÷एक जना डिस्चार्ज भएका हुन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १५ जना नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामा मोरङमा १० जनामध्ये विराटनगरमा सात, धनकुटाको धनकुटा नगरपालिकामा तीन र झापामा दुई जना छन् । हालसम्ममा प्रदेशमा दुई लाख १० हजार ७२५ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय