खाडि मुलुक जानेहरुलाई म्यानपावरको आधिकारिक बैंक खातामा मात्रै पैसा जम्मा गर्न विभागको आग्रह

काठमाण्डौ, वैदेशिक रोजगारीमा जाने मान्छेरुलाई आफू तिर्नुपर्ने रकम म्यानपावर कम्पनीको आधिकारिक बैंक खातामा मात्रै जम्मा गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

पछि आफुलाई आवश्क पर्दा आफूले कति रकम बुझाएँ भन्ने प्रमाण नहुँदा श्रमिक स्वयमलाई समस्या हुने गरेको भन्दै आधिकारिक खातामा मात्र पैसा जम्मा गर्न र पैसा बुझाएको भौचर वा रसिद आफैसँग राख्न विभागले आग्रह गरेको छ ।

र यसरि नै विभागले वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई अन्तर्वार्ता छनौट भएपछि मात्र म्यानपावर कम्पनीलाई आफ्नो सक्कली राहदानी बुझाउन पनि आग्रह गरेको छ । अन्तर्वार्तामा छनोट नभइ आफ्नो सक्कली राहदानी लगायत कागजात नबुझाउन र चाहिएकै खण्डमा प्रतिलिपी बुझाउन विभागले आग्रह गरेको छ ।

इजाजतप्राप्त म्यानपावर कम्पनीलाई पनि श्रमिकहरुबाट लिने रकम संस्थाको बैंक खातामार्फत गराउन निर्देशन दिएको छ । यस्तै छनौट भएका श्रमिकबाहेक अरुको सक्कल राहदानी तथा कागजातको सक्कल प्रतिलिपि राख्ने काम नगर्न विभागले सूचीत गरेको छ ।

वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई आफू कुन देश जान लागेको र के काम हो भन्ने कुराको राम्रोसँग जानकारी लिएर तथा कसैको प्रलोभनमा नपरेर जान विभागले आग्रह गरेको छ

Share This Post

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *