आज मूड छैन… व्यस्त दम्पती प्रायः एक अर्कासित यो वाक्यांश प्रयोग गर्ने गर्छन् । घर अफिसको भागदौड, समयको अभाव र कयन् आर्थिक बोझका कारण तिनको पर्सनल लाइफ पूर्ण रुपले प्रभावित भइरहेको देख्न पाइन्छ । चिन्ता वा दबाबबाट पूर्ण रुपमा मुक्त हुनु कठिन हुन्छ र तर यसका वीच आफ्नो अन्तरंग सम्बन्धलाई गुमाउनु समझदारी भने होइन । तनाव र दबाबको प्रभाव जीवनको हरेक पक्षमा पर्ने गर्दछ । यौन जीवन यसबाट अछुतो पक्कै छैन । आजको समयमा हरेक व्यक्ति राम्रो क्यारियर र जीवनस्तरको चाहनामा दौडिरहेको पाइन्छ । परिवार र निजी सम्बन्धका लागि समय निकाल्न नसकिरहेको अवस्था छ । यौन विज्ञहरुका अनुसार तिनीहरुको सम्पर्कमा आउनेहरु कुनै न कुनै तनावसित जुधिरहेका हुने गर्छन् । यो तनावले तिनलाई शारारिक, मानसिक र भावनात्मक रुपमा कमजोर बनाइरहेको पाइन्छ ।
एक्सपर्टस्का अनुसार यौन सम्बन्धले स्ट्रेस बस्टरका रुपमा काम गर्ने गर्दछ तर कयन् पटक तनाव यति धेरै हावी हुन जान्छ कि बेडरुम भित्र सम्म पनि तनाव राज चलिरहन्छ । तनाव वा दबाबले सेक्स सम्बन्धलाई निम्न प्रकारले प्रभावित बनाउने गर्दछ ।
ःशोधका अनुसार तनावग्रस्त व्यक्ति सम्बन्ध वा पार्टनर प्रति नकरात्मक भावनाले भरिन पुग्दछ । कयन् पटक तिनलाई यसको पछाडिको कारण तनाव हो भन्ने पनि थाहा हुने गर्दैन ।
ःतनावले आत्मविश्वासलाई कम गर्ने गर्दछ । यसले पूर्ण रुपले विचार प्रक्रियालाई बदल्ने कार्य गर्दछ ।
ःतनावको स्थितिमा स्टेरयड हार्मोन कार्टिसोलका श्राव अधिक हुन थाल्दछ र यसले सेक्स हार्मोन्सलाई दबाउने कार्य गर्दछ । यसबाट लिबिडोमा कमी आउने गर्दछ । कार्टिसोलले ओयल प्रोडक्सनलाई बढाउने कार्य गर्दछ , यसबाट एक्ने, पिम्पल्स जस्ता समस्या हुन थाल्दछ ।
यूरोपियन सोसाइटी फर ह्युमन रीप्रोडक्सन एण्ड एम्ब्रयोलजी, प्रागमा भएको एक अध्ययन अनुसार कार्टिसोलको स्तर बढ्नुको अर्थ हो कंसीव गर्नमा बाधा बढ्नु । व्यस्त र कामकाजी महिलाहरुमा यसको आशंका बढी पाइन्छ ।
ःजब व्यक्तिले आफ्नो परिवार र पार्टनरलाई समय दिने गर्दैन वा दिन पाउँदैन तब दम्पतीका वीच सम्वादहीनता सृजना हुन थाल्दछ । यसले यदि एक जना पार्टनर सेक्स क्रियामा रुचि राख्दैन भने दोस्रो विस्तारै यसबाट विमुख हुन थाल्दछ ।
यस्ता कयन् अध्ययनहरु भएका छन् जसले बताउँछ कि चुनौतिपूर्ण स्थितिहरु, दुःख, तनाव, चिन्ता वा अवसादको स्थितिमा सुखद यौन सम्बन्धले ब्लड प्रेशरलाई सन्तुलित राख्ने कार्य गर्दछ । एरिजोना युनिभर्सिटीमा मिडिल एज कपल्समा गरिएको एक सर्वेका अनुसार योनक्रियाले दबाब र नकरात्मक विचारबाट मुक्ति प्रदान गरेको पाइयो । एउटा सुखद यौन क्रियाले भोलिको दिनको मूड पनि राम्रो बनाइराख्न सहयोगि हुनेगर्दछ । पार्टनरको पोजिटिभ फिजिकल टचले स्त्रीलाई तनावको स्थितिमा पनि राहत प्रदान गर्न लाभदायक हुन्छ । यसैगरी आर्गेज्मबाट शरीर र मन दुवैलाई राहत प्राप्त हुन्छ । यसबाट ती सबै हार्मोन्सका श्राव हुने गर्दछ जसले फील गुड गराउँछ । अध्ययनहरुका अनुसार सेक्सुयल मसाजले शरीर मात्र नभएर मनलाई प्रसन्नता प्रदान गर्दछ । भावनात्मक स्वास्थ्यमा स्पर्शको भूमिकालाई नजरअन्दाज गर्न सकिंदैन । सेक्सुयल एक्टिभिटीबाट फील गुड हार्मोन्स एन्डोर्फिन्सको श्राव बढ्न जान्छ । यसले मन मस्तिष्क र शरीरलाई आराम प्रदान गरी फिल गुड गराउँछ र तनावमा रियाक्सेसन प्रदान गर्दछ ।


