काठमाडौँ, राष्ट्रिय फोटोपत्रकार समूहद्धारा गुरुपूर्णिमाका अवसरमा आयोजित योग कार्यक्रम समपन्र्न भएको छ ।
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइने चलन छ ।
गरौं योग, रहौं निरोग मन र शरीरलाई शुद्ध गरौं भन्ने मुलनाराका साथ बौद्ध गुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेद्धारा वौद्ध स्थित सिदार्थ होटलमा फोटोपत्रकारहरुलाई १ घण्टाको योग अभ्यास सिकाउनु भएको थियो । उक्त अवसरमा पत्रकारहरुलाई नसा, स्वास प्रस्वास तथा मुटुको लागि उपयुक्त हुने पाच प्रकारका आसन सिकाउनु भएको थियो उक्त योगले कोरोनावाट सुरक्षीत राख्न मद्धत पुग्ने कुरा गुरु रिम्पोछेले वताउनु भयो ।


