Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुलःस्थापना नहुने भन्दै पूर्वप्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतलाई नधम्क्याउन चेतावनी दिएका छन् ।

राजधानीमा युवा संघ, बागमतीले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अदालतमा विचाराधिन रहेको विषयमा सोही अदालतमा पहिले काम गरेका व्यक्तिले अहिलेपनि काम गरिरहे जसरी अदालतलाई यसो गर भनेर धम्क्याउन नहुने बताए ।

अदालतले कुनैपनि अवस्थामा संसद पुनःस्थापना नगर्ने भन्दै ओलीले अब चुनावमा लाग्नुपर्ने बताए । जनमत लिनमा लागि जनतामा जान्छुभन्दा आफूलाई तानाशानह देख्नेहरु लोकतन्त्रको विरोधी भएको पनि उनको टिप्पणी थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय