Sunday 6 September 2026 / आईतवार, २१ भाद्र २०८३

काठमाडौं, माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ प्रालीबीच कर्जासम्बन्धी सम्झौता भएको छ। यी कम्पनीका ग्राहकले टाटा ब्रान्डका कर्मसियल र सेमी कर्मसियल किन्दा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्झौता भएको हो।
उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्गका तर्फबाट अध्यक्ष राजन बाबु श्रेष्ठ तथा माछापुच्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे।
सम्झौता अनुसार बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत सिप्रदी ट्रेडिङ्गका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका गाडी किन्दा सरल रुपमा सेवा दिनेछ।
यो बैंकको १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउन्टर रहेको छ।
साथै १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मेसिन छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय