एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगामा ग्रानडालाई पराजित गरेको छ ।
ग्रानडाको मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले ४–० गोलको सानदार नतिजा निकालेको हो । खेलको पहिलो हाफमा ३ र दोस्रो हाफमा भएको एक गोलले बार्सिलोनाले नतिजा आफ्नो बनाएको छ ।
खेलको १२औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ३५औं मिनेटमा ग्रिजमनको पासमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।
४२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलीले पहिलो हाफमै ३–० को । ६३औं मिनेटमा औसमाने डेम्वेलेको पासमा ग्रिजमनले दोस्रो गोल गर्दै टोलीलाई ४–० को सानदार जित दिलाए ।
जितसँगै तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाले शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडसँगको अंक दुरी कम कम गरेको छ । तीन खेल कम खेलेको एट्लेटिकोको ३८ तथा रियलको ३७ अंक छ । बार्सिलोनाको ३४ अंक पुगेको छ । पराजित ग्रानडा २४ अंकसहित सातौ स्थानमा रहेको छ ।