Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

आयरल्याण्ड : युरोपमा रहेर ब्यबसाय संगै समाजसेवामा सक्रिय सागर लामाले गैर आवासीय नेपालीसंघ युरोपको सहसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन।

भुम्लुगाउँपालिका काभ्रेका सागर बेलायत हुँदै हाल आयरल्याण्डमा ह्याण्डिक्राफ्टको ब्यबसाय गर्छन। उनि युरोपका स्थापित ब्यबसायी हुन्।

कर्म थलोको रुपमा युरोप रोजेर बिदेशी भूमिमा कर्म गरिरहे पनि उनले जन्म थलो नेपालमा भने समाजसेवा गर्दै आइ रहेको छ।

नेपालमा पर्ने हरेक बिपतीमा सागर सकेको सहयोग गरिरहेका हुन्छन। भू-कम्प होस या बाढी आउदा अथवा तराइमा सितलहर पर्दा हरेक ठाउँमा सागर युरोप बाट सकेको सहयोग गर्छन।

लामो समय युरोप बसेर कर्म संगै धर्मको कार्यमा पनि संलग्न भएर राम्रो छवि बनाउन सफल लामाले आफु यस गैर आवासीय नेपाली संघमै बसेर काम गर्न इच्छुक रहेकोले आफ्नो उम्मेदवारी दर्ता गराएको बताएका छन।

सगरको छवि संगै उनको भावना नेपाल र नेपाली प्रति आतिनै सद्भाव राख्ने सहयोगी मनकारी भएकोले पनि एनआरएनएको नेतृत्वमा आउनु पर्ने जानकारहरु बताउछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय