Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

काठमाडाैं, तमुधिं युकेको आयोना र नेपाली दूतावास लन्डनको सहकार्यमा लण्डनमा १२औँ नेपाली मेला सम्पन्न भएको छ ।

आइतबार केम्पटन पार्कमा भव्य समारोहबीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगर, तमुधिं युकेका अध्यक्ष हितकाजी गुरुङ, आमा समूहकी अध्यक्ष सीता गुरुङ, तमुधिं युकेका पूर्वअध्यक्ष लगायतले संयुक्त रुपमा मेलाको उद्घाटन गरेका हुन् ।

राजदूत रेग्मीले नेपाली मेलाले नेपाली भाषा, संस्कार, संस्कृति, भेषभूषाको विकास र सम्वर्द्धनमा योगदान पुर्‍याइरहेको बताए । गुरुङले बेलायत सरकारको नियम पालना गर्दै मेला आयोजना गरेको भन्दै यसमा साथ दिने सम्पूर्ण नेपालीलाई धन्यवाद दिए ।

दुई हजार भन्दा बढी दर्शकको सहभागिता रहेको मेलामा नेपाली मौलिक भेषभूषादेखि ग्रामीण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जाँतोलगायतका सामग्री पनि प्रदर्शन गरिएको थियो ।

मेलामा करिब दुई दर्जन नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभूषा झल्कने विभिन्न झाँकी र नृत्य प्रस्तुत गरेका थिए । तमुधिं यूकेले सन् २००९ देखि हरेक वर्ष हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय