वि.सं. २०७५ साल भाद्र १४ गतेका दिन, मुक्तिनाथ बिकास बैंक लि. लगायत नेपालमा ख्याति प्राप्त व्यवसायिक व्यक्तिहरुको लगानीमा देशको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लि. ले सफलतापूर्वक तेश्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेकोहो ।
उक्त अवसरमा देशभर रहेका कृषि व्यवसायिहरु, कृषकहरु, आम उपभोक्ता, युवाहरु र सम्बन्धित सवै सरोकारवालाहरु एक आपसमा प्राविधिक तथा व्यवसायिक साझेदारी गरी देशको समग्र कृषि अर्थतन्त्रको विकासमा टेवा पुर्याउन सहकार्य गर्ने अभिप्रायले सस्था स्थापना गरिएको हो ।

कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा पुर्याउनको लागि कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्ने उद्देश्य लिएको छ । विभिन्न उद्देश्यहरु प्राप्तिको लागि आफ्नो स्थापना काल देखि विभिन्न कृषि व्यवसायि, कृषक समुह तथा सहकारीहरुसंग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजिकरण कसरी गर्न सकिन्छ र कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरु संग सहकार्य गर्दे आफ्नो स्थापना काल देखिनै, देशका विभिन्न भुभागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लािग सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दे आइरहेको छ ।
हालसम्म कम्पनीले १५ वटा भन्दा बढि जिल्लाहरुमा आधिकारीक व्यवसायिक साझेदार निर्माण गरी ५० वटा भन्दा बढि जिल्लाका कृषकहरुलाई गुणस्तरीय सेवा विस्तार गरेको छ । संगसंगै कृषकहरुलाई समयानुकुलका आवश्यक प्रविधि हस्तान्तरणको लागि तालिम लगायतका अभियानहरु संचालन गर्दे आएको छ ।

तेश्रो वार्षिक उत्सवको अवसरमा गणपति एग्रिकल्चर प्रा.लि.धादिङ लाई वर्ष उत्कृष्ट व्यवसाय साझेदार पुरस्कार, जय किसान एग्रो मार्ट एण्ड मेसिनरी, कपिलवस्तुलाई उदाउँदो व्यवसायि पुरस्कार, तमोर कृषि भण्डार, झापालाई दिगो व्यवसायिक साझेदार पुरस्कार र भिउ टावर तरकारी पकेट, काठमान्डौलाई उत्कृष्ट कृषक समुह पुरस्कारबाट सम्मानित गरीएको थियो । साथै कम्पनीको सेवामा रहि उत्कृष्ठ कार्य सम्पादन गर्ने कर्मचारीहरु श्री कमल पण्डितलाई वर्ष उत्कृष्ट कर्मचारी र श्री सन्दिप रिजाल, श्री दिपेश थापा र श्री हेमराज ढकाललाई विभिन्न विधामा पुरस्किृत गरी थप हौसला प्रदान गरेका थिए ।


