Thursday 24 September 2026 / बिहीबार, ८ आश्विन २०८३

काठमाडौं,नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमिति अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । बराल ११४ मतका साथ विजयी भएका हुन् । यस्तै निकटतम प्रत्यासी आशिष ज्ञवालीले ८० र अर्का प्रत्यासी शिरोमणि ढुंगानाले ४८ मत प्राप्त गरे ।

सेजनको नयाँ कार्यसमिति उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा विजयी भएका छन् ।

यसैगरी कार्यसमितिका ५ सदस्यमा शोभित थपलिया, अच्युत पुरी, इशारा कोइराला, अमर बडुवाल र सिबी अधिकारी विजयी भए ।

शुक्रबार भएको निर्वाचनमार्फत सेजनमा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । निर्वाचित कार्यसमितिले दुई वर्षसम्म सेजनलाई नेतृत्व दिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय