Tuesday 31 January 2023 / मंगलवार, १७ माघ २०७९

पर्सा, जनता समाजवादी पार्टी, नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयले मुलुकमा राजीतिक अस्थिताको वातावरण निर्माण गरेको आरोप लगाउनु भएको छ । जसपा पर्साले आज वीरगञ्जमा अयोजना गरेको विरोध कार्यक्रममा अध्यक्ष यादवले प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक अस्थिता उत्पन्न गरेको छ भने लोकतन्त्रलाई समेत कमजोर पार्ने काम गरेको छ भन्नुभयो ।

पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष यादवले दुवै छिमेकीसँग राष्ट्र हितका आधारमा सन्तुलित मैत्रीपूर्ण सम्बन्ध राख्न सरकारलाई सुझाव दिनुभयो । उहाँले दुवै छिमेकीसँग समान व्यवहारका आधारमा कूटनीतिक सम्बन्धलाई विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । अध्यक्ष यादवले वर्तमान समस्या संवैधानिकभन्दा बढी राजनीतिक रहेकाले यसको समाधानको उपाय राजनीतिकबाट नै खोजिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले राजनीतिक अस्थिरताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने तत्वहरुलाई सल्बलाउने मौका पाएको बताउनुभयो । उहाँले वर्तमान संविधानले आम नेपाली नागरिकलाई प्रदान गरेको मौलिक हकलाई हेर्न नचाहने र प्रतिगमनको पर्खाइमा रहेकाहरुलाई संसद विघटनको निर्णयले अवसर प्रदान गरेको दाबी गर्नुभयो । जसपा पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले नेकपाका नेताहरुको आन्तरिक झगडाले लोकतन्त्रलाई नै धरापमा पारेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय