Sunday 10 May 2026 / आईतवार, २७ बैशाख २०८३

मोरङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गलत कामलाई ढाकछोप गर्न रातारात सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको बताउनु भएको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा उहाँले प्रदेशको मुख्यमन्त्री अयोग्य, असक्षम एवं भ्रष्ट भएर अविश्वास नआएको बताउँदै केही साथीहरुले ठूलो भाग खोज्न गलत नियतले ल्याएका हुन् भन्नुभयो ।

उहाँले अविश्वासको प्रस्तावको विधि विधानअनुसार सामना गर्ने बताउँदै यो अन्योतालाई छिट्टै समाधान गर्ने विश्वास दिलाउनुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकार विधि विधान र ऐन कानूनअनुसार सञ्चालनमा रहेको चर्चा गर्दै प्रदेशमा राजनीतिक अस्थिरता सिर्जना गर्न खोजिए पनि त्यसलाई छिट्टै परास्त गर्ने बताउनुभयो ।

उहाँले आफू मुख्यमन्त्रीको रुपमा एउटा पद र नाम राख्न आएको नभई संविधान र सङ्घीयतालाई कार्यान्वयन गर्ने प्रतिबद्धताका एवं प्रणालीलाई कायम गर्न सफल नेतृत्व दिने गरी आएको प्रष्ट पार्नुभयो । प्रदेशको विकास र जनताको समृद्धिको चाहनामा योगदान गर्ने, इच्छा शक्ति, इमान, नैतिक मूल्यका आधारमा आफूले मुख्यमन्त्रीको पद सम्हालेको बताउँदै उहाँले शिर ठाडो पारेर अविश्वास प्रस्तावको सामना गरी गलत खालको प्रयासलाई विफल तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय