Thursday 12 September 2024 / बिहीबार, २७ भाद्र २०८१

काठमाडौँ, थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी विभिन्न ठाउँका थारू समुदायले आ–आफ्नो परम्पराअनुसार माघ, खिचरा, तिला सङ्कराइत नामले मनाउँदै आएको पाइन्छ । केही वर्ष पहिले थारू समुदायका अधिकांश छोरीहरु कमलरी थिए । उनीहरु माघका दिनमात्रै छुट्टी पाउँथे त्यसैले यसलाई मुक्ति दिवसका रुपमा पनि मनाइन्छ ।

माघको तयारीमा ढिक्री, रोटी, जाँड पकाउने काम शुरु भएको घोराही–७ वेसाहीका अनुपमा चौधरी बताउनुहुन्छ । उहाँका अनुसार ढिक्री, रोटी, माछा र घोङीको परिकार बनाउँदैछाँै, माघीको सम्पूर्ण तयारी पूरा भएको छ ।

यसपालि कोरोनाका कारण नाचगानको कार्यक्रम छैन तर खानाको परिकार बनाउन भ्याइनभ्याइ छ । कामको सिलसिलामा घरदेखि टाढा भएका दाजुभाइ, दिदीबहिनी घरमा आउनेको सङ्ख्या बढेको छ ।

गाउँमा छुट्टै चहलपहल र भेटघाट भएकाले रमाइलो छ । वेसाही गाउँ थारू समुदायको बाक्लो वस्ती भएको ठाउँ हो, घरको काम छिटो सकेर आरामले माघ मान्ने तयारीमा गाउँघरका आमाबुवा, दाजुभाइ, दिदीबहिनी जुट्नुभएको छ ।

माघे सङक्रान्तिका दिन खानका लागि काठमाडौँको असनमा घिउ, चाकु, तिलको लडडु किन्दै उपभोक्ता । मकर सङक्रान्तिमा घिउ, चाकु, तिलका लडडु,तरुल,पिडालुलगायत परिकार खाने गरिन्छ । तस्बिरः रोशन सापकोटा÷रासस

तस्वीरहरु : रोसन सापकोटा, रासस

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय