Monday 14 September 2026 / सोमबार, २९ भाद्र २०८३

बैतडी,सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । चौविस घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ५५ जनाको नमूना परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सात जनामा पीसीआर र दश जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा छ र डडेल्धुरा अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरका सात, कैलालीका दुई र अछामका एक जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन्, उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एकको पनि मृत्यु भएको छैन । यसअघि यस प्रदेशमा विहीबार २९ जनामा सङ्क्रमण पुष्टि हुँदा १२ जना घर फिर्किएका थिए ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय