काठमाडौँ, यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । कात्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने बिहीबार बिहान मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज बिहान ७ ः १४ बजेसम्म मात्र त्रयोदशी तिथि र त्यसपछि चर्तुदशी लागेको हो ।

आज बिहान अरुणोदयकालमा चतुर्दशी नभएको र बिहीबार बिहान अरुणोदयकालमा चतुर्दशी रहेकाले यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । चर्तुदशीको बिहान खोला, नदी, ताल, तलाउ, पोखरी गई नरक स्नान गरेर बत्तीबाली नरके बगाउने यो पर्व अरुणोदयकालअघि नै मनाउनुपर्ने शास्त्रीय मान्यता रहेको उहाँले सुनाउनुभयो । नरक स्नान गरेमा नरकको दुःख भोग्नु नपर्ने शास्त्रीय मान्यता रहेको छ ।
img src=”https://yesnepali.com/wp-content/uploads/2021/11/DOG_PUJA20211103_0536.jpg” alt=”” width=”900″ height=”600″ class=”alignnone size-full wp-image-35627″ />
ललितपुरको चोभारमा रहेको अपाङ्ग तथा अन्य सडक कुकरहरुको संरक्षण गर्ने स्नेहा केयरमा पनि विहान एक कार्यक्रम गरि कुकुरहरुको पुजा गरियो । उक्त अवसरमा लतिलपुर महानगरका प्रमुख चिरिवावु मर्हजनले पुजा गर्नु भएको थियो भने सस्थाका सन्चालीका स्नेहा श्रेष्ठ लगायत उक्त कार्यक्रममा उपस्थित सम्पूर्णले नै पालै पालो कुकुर पुजा गर्नु भई कुकुरलाई खाने कुराहरु खुवाउनु भएको थियो ।









